प्राज्ञिकको नवौँ राष्ट्रिय अधिवेशन धनगढीमा

धनगढी | माघ २१, २०७९

प्राज्ञिकको नवौँ राष्ट्रिय अधिवेशन धनगढीमा

धनगढी: प्रत्येक दुुई वर्षको अन्तरालमा हुने प्राज्ञिकको नवौँ राष्ट्रिय अधिवेशन धनगढीमा हुने भएको छ । 

 

प्राज्ञिक विद्यार्थी परिषद, नेपालले आज शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । 

 

परिषद्ले आत्मनिर्भर अर्थतन्त्र र भष्ट्राचार नियन्त्रणका लागि नवौँ राष्ट्रिय अधिवेशन भन्ने मूूल ध्येयको साथ परिषद्को नवौँ राष्ट्रिय अधिवेशन गर्न लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  अधिवेशन आगामी चैत १८, १९ र २० गने सुदरपश्चिम प्रदेश धनगढीमा हुने छ ।

 

अधिवेशनमा उद्घाटन समारोह, शोभा यात्रा, खुल्ला अधिवेशन, प्रस्ताव सत्रहरु रहने छन् । भने राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय महासचिवको निर्वाचनसहित केन्द्रिय कार्यकारिणी समितिको घोषणा हुने जनाइएको छ । 

 

त्यस्तै अधिवेशनमा समाजसेवी युवाहरुलाई राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरुस्कारद्वारा सम्मान गरिने छ ।

मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२’ आगामी वैशाख ३१ गते हुने भएको छ ।   यसअघि वैशाख १८ गतेका लागि तय गरिए...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्